उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२
त्रिभुवन विश्वविद्यालयका आङ्गीक क्याम्पसहरूबीच मिति २०८२ साल माघ १४ गतेदेखि उपकुलपति कप प्रतियोगिता २०८२ सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। उक्त प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय (SWSD) को समन्वयमा आयोजना गरिनेछ।
उपकुलपति कप प्रतियोगिताबाट विभिन्न खेल विधामा प्रतिभावान विद्यार्थी खेलाडीहरू छनोट गरी बन्द प्रशिक्षण सञ्चालन गरिने र सो प्रशिक्षणबाट छनोट भएका खेलाडीहरूलाई विश्वविद्यालयस्तरीय तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ मा त्रिभुवन विश्वविद्यालयको तर्फबाट सहभागिता गराइनेछ।
समावेश गरिएका खेल विधा तथा संख्या:
१. भलिबल (पुरुष/महिला): १०/१० जना खेलाडी र १/१ जना प्रशिक्षक
२. ब्याडमिन्टन (पुरुष/महिला – सिंगल/डबल): २/२ जना खेलाडी र १ जना प्रशिक्षक
३. टेबल टेनिस (पुरुष/महिला – सिंगल/डबल): २/२ जना खेलाडी र १ जना प्रशिक्षक
४. एथलेटिक्स (पुरुष/महिला): ४/४ जना खेलाडी र १ जना प्रशिक्षक
• ट्र्याक इभेन्ट: १०० मि., २०० मि., ४०० मि., ८०० मि. दौड
• फिल्ड इभेन्ट: लङ जम्प र सटपुट
५. बास्केटबल (पुरुष/महिला) (३x३): ५/५ जना खेलाडी र १ जना प्रशिक्षक
६. टोली नेता (टिम म्यानेजर): १ जना
सहभागिता सम्बन्धी नियम:
• एथलेटिक्सतर्फ एक खेलाडीले दुई वटा ट्र्याक इभेन्ट र एउटा फिल्ड इभेन्ट वा दुई वटा फिल्ड इभेन्ट र एउटा ट्र्याक इभेन्ट मा सहभागिता जनाउन सक्नेछ।
• एक खेलाडीले एक मात्र खेल विधामा सहभागिता जनाउन पाउनेछ।
• खेलाडी वा टोलीले सम्बन्धित आङ्गीक क्याम्पसबाट प्रमाणित अनुसूची–१ फारम भरी आवेदन दिनुपर्नेछ।
आवेदन प्रक्रिया:
योग्य खेलाडी वा टोलीले अनुसूची–१ फारम सम्बन्धित क्याम्पसबाट प्रमाणित गराई प्रत्यक्ष वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
इमेल: swss@tribhuvan-univesity.edu.np, info.swsd@tu.edu.np
अन्तिम मिति: २०८२/१०/१० गते अपराह्न ४:०० बजेसम्म
उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ को विस्तृत कार्यक्रम तालिका पछि प्रकाशन गरिनेछ।
यस सूचनालाई सबै सम्बन्धित निकाय तथा आङ्गीक क्याम्पसहरूमा जानकारीका लागि अनुरोध गरिन्छ।
थप जानकारीका लागि:
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, शिक्षाध्यक्षको कार्यालय, त्रिभुवन विश्वविद्यालय

