STUDENT WELFARE AND SPORTS DIRECTORATE

Tribhuvan University

Kirtipur,Kathmandu, Nepal

Highlights

त्रिविको पहिलो विद्यार्थी कल्याण प्रमुख भेला तथा तेस्रो वेदान्त र विज्ञान सम्वाद सम्बन्धि अन्तर्राष्ट्रिय दार्शनिक सम्मेलन २०२६ सफलतापुर्वक सम्पन्न

त्रिविको पहिलो विद्यार्थी कल्याण प्रमुख भेला तथा तेस्रो वेदान्त र विज्ञान सम्वाद सम्बन्धि अन्तर्राष्ट्रिय दार्शनिक सम्मेलन २०२६ सफलतापुर्वक सम्पन्न

2026-05-19

त्रिविको पहिलो विद्यार्थी कल्याण प्रमुख भेला तथा तेस्रो वेदान्त र विज्ञान सम्वाद सम्बन्धि अन्तर्राष्ट्रिय दार्शनिक सम्मेलन २०२६ सफलतापुर्वक सम्पन्न

धादिङ, २७ बैशाख – त्रिभुवन विश्वविद्यालयका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख, स्थानीय सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका वैज्ञानिक, दार्शनिक गरी २०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा धादिङको सल्यानटारस्थित श्री नृसिंह धाम क्षेत्रमा दुईदिने अन्तर्राष्ट्रिय वेदान्त र विज्ञान सम्वाद सम्बन्धि अन्तर्राष्ट्रिय दार्शनिक सम्मेलन २०२६ (२६–२७, बैशाख २०८३) तथा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद प्रमुखहरूको पहिलो भेला सम्पन्न भएको छ ।

एकताबाट बहुलतातिरः संरचित पूर्णताको अभिव्यक्ति” भन्ने मूल सार रहेको सम्मेलनको यस संस्करणमा मूलतः नेपाल, भारत र अमेरिका, हंगेरी लगायतका विज्ञहरूले आफ्ना कार्यपत्रहरु प्रस्तुत गरेका थिए । श्रीला भक्ति निष्काम सन्त महाराज (भारत), श्रीला भक्ति विज्ञान मुनि महाराज (भारत), प्रा. जेम्स ए. शापिरो (शिकागो विश्वविद्यालय), प्रा. डा. गोपि चन्द्र काफ्ले (भौ.के.वि., त्रिवि), डा. दीपेन्द्र पराजुली (निर्देशक, त्रिवि वि.क.खे.नि. तथा प्रमुख अनुसन्धाता, रिकाष्ट), प्रा. डा. मोहन खरेल (अध्यक्ष सारा), श्रीभाष कूष्ण दास ब्रम्हाचारी (संस्थापक अध्यक्ष, श्री नृसिंह धाम विद्यापिठ), एम. भि. जगन्नादम (कार्यक्रम ब्यबस्थापक, फाबा, भारत), प्रा. सन्दीप मिश्र(एम्स नयाँ दिल्ली, भारत), ब्रज गोपाल दास (आईटी सोलुसन, भारत), सुमंगला देवी (भारत), प्रा. राम प्रसाद अर्याल (पोखरा विश्वविद्यालय), टंक प्रसाद सिलवाल (प्र.अ. रानीपौवा स्कूल तथा क्याम्पस, सल्यानटार) आदीले आफना कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

आफ्नो प्रस्तुतिमा निर्देशकले सम्मेलनस्थल सल्यानटारलाई छानिनुको कारण प्रष्ट्याएका थिए। उक्त क्षेत्र बुढिगण्डकि जलविद्युत आयोजना बने सँगै पानीको सतहबाट लगभग ४० मिटर तल पर्नेछ ।

त्यसैगरी पहिलो दिनको साँझ ४ बजेदेखि ८ बजेसम्म त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्देशक डा. दीपेन्द्र पराजुलीको अध्यक्षतामा आयोजित आफ्ना क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुखहरुको बन्दसत्रमा उपस्थित सबै आंगिक क्याम्पसका विद्यार्थी कल्याण प्रमुखहरूबाट ६ महिना अघि निर्देशनालयले पठाएको गुगल फाराम संकलन गर्दै सबैका बिच अन्तरक्रिया, छलफल तथा सुझाव संकलन गरेको थियो । सत्रमा विद्यार्थी कल्याणका अपुग तथा जिर्ण पूर्वाधार, स्वास्थ्य तथा खेलकुद सुविधा, छात्रवृत्ति वितरण र नयाँ सरकारी नीति अन्तर्गत विद्यार्थी परिषद् गठनका विषयमा छलफल भयो । प्रत्येक प्रमुखले २ मिनेटमा आ–आफ्नो क्याम्पसको समस्या र सफलता सुनाए । सङ्कलित सुझावहरू सहितको प्रतिवेदन त्रिविको माथिल्लो निकायमा बुझाउने निर्णय गरियो ।

उक्त सम्मेलनमा आयोजित विभिन्न विषयगत सत्रहरू ‘भौतिक विज्ञान र व्यवस्था’, ‘जीवनको उत्पत्ति र जीवविज्ञान’, ‘चेतना, मस्तिष्क र चिकित्सा विज्ञान’, ‘शिक्षा र मानव विकास’, ‘प्रकृति र पारिस्थितिकी’, तथा ‘कृत्रिम बौद्धिकता (ब्क्ष्) र वास्तविक चेतना’ जस्ता विविध सत्रहरू सञ्चालन भएका थिए । साथै, ‘के चेतना मौलिक हो वा आकस्मिक? शीर्षकको प्यानल छलफलले वैज्ञानिक र दार्शनिक दृष्टिकोणलाई एकै मञ्चमा ल्याउन सफल भयो । यी सबै सत्रहरूको समग्र अनुभवले सहभागिहरूलाई एउटा महत््वपूर्ण बोध गरायोः प्रशासनिक समस्या समाधान गर्दा पनि समग्रता (धजयभिलभकक), अन्तरसम्बन्ध र चेतनालाई केन्द्रमा राख्नुपर्छ । सहभागी धेरैले टिप्पणी गरे, पहिले हामी समस्याका टुक्रा मात्र देख्थ्यौं, तर भौतिकीदेखि जीवविज्ञान, चेतनादेखि पारिस्थितिकीसम्मका सत्रहरूले हरेक क्याम्पसको समस्या सम्पूर्ण विश्वविद्यालय प्रणालीसँग जोडिएको छ भन्ने बोध गरायो ।” यसरी, यो दोहोरो कार्यक्रमले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण प्रणालीमा मात्र होइन, ती प्रणाली सञ्चालन गर्ने व्यक्तिहरूको सोचाइकै दिशामा आमूल परिवर्तन ल्याउने सामथ्र्य राख्छ – जुन दिगो रूपान्तरणको लागि सबैभन्दा ठूलो उपलब्धि हो ।

कार्यक्रमको उद्घाटन विद्यापिठमा विद्यार्थीहरुद्वारा स्वस्तिक शान्ति वाचन सहित निर्देशक लगायतका वैज्ञानिक तथा दार्शनिकहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलनबाट गरिएको थियो भने समापनमा संयुक्त संकिर्तन गरिएको थियो । सम्मेलन भित्रका विभिन्न सत्रहरुको अध्यक्षता श्रीला भक्ति निष्काम सन्त महाराज (भारत), प्रा. डा. गोपि चन्द्र काफ्ले (भौ.के.वि., त्रिवि), डा. दीपेन्द्र पराजुली (निर्देशक, त्रिवि वि.क.खे.नि. तथा प्रमुख अनुसन्धाता, रिकाष्ट) लगायतले गर्नुभएको थियो ।