STUDENT WELFARE AND SPORTS DIRECTORATE

Tribhuvan University

Kirtipur,Kathmandu, Nepal

Highlights

निर्देशक डा. दीपेन्द्र पराजुलीद्वारा स्ववियु कप २०८२ को उद्घाटन

निर्देशक डा. दीपेन्द्र पराजुलीद्वारा स्ववियु कप २०८२ को उद्घाटन

2025-12-21

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भई त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित स्ववियु कप २०८२ को उद्घाटन गर्नुभएको छ। उहाँले २०८२ पौष ५ गते भलिबल खेललाई रेफ्रीलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

उक्त अवसरमा उद्घाटन मन्तव्य राख्दै डा. पराजुलीले अनुशासन जीवनका हरेक क्षेत्रमा सफलताको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले स्ववियु तथा आङ्गिक एवम् सम्बन्धन प्राप्त क्याम्पसहरूका स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजना गरिने साप्ताहिक खेलकुद गतिविधिहरूमा सहभागी खेलाडीहरूलाई त्रिभुवन विश्वविद्यालयको “ड्रिम टिम” मा छनोट हुने अवसर प्रदान गरिने र उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्ने अवसर पाउने जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता स्ववियु अध्यक्ष दीपक राज जोशी ले गर्नुभएको थियो भने प्रतियोगिताको समन्वय स्ववियु सचिव हिक्मत बहादुर बुढा ले गर्नुभएको थियो।